काठमाडौँ । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको रानाथारु समुदायको हक, अधिकार र न्यायका लागि आफू सधैं प्रतिबद्ध रहेको दिपकराज बोहराले बताएका छन्। उनले रानाथारु समुदायको अधिकारका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उद्घोष गरे।
प्रतिनिधिसभाको सुन्य समयमा बोल्दै बोहराले हरिकिशन रानाको प्रकरणलाई लिएर गम्भीर चासो व्यक्त गरेका छन्। उनले हरिकिशन रानाको विषयमा सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउनका लागि प्रशासनसँग यथाशीघ्र छानबिनको माग गरेका हुन्।
“रानाथारु समुदायको पहिचान र सुरक्षा मेरो प्राथमिकताको विषय हो,“ बोहराले भने, “हरिकिशन रानाको सन्दर्भमा भइरहेको ढिलासुस्ती स्वीकार्य छैन। यस विषयमा निष्पक्ष र पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिनु राज्यको दायित्व हो।“
उनले रानाथारु समुदायलाई परेका हरेक अन्याय र विभेदका विरुद्ध आफू सधैं अग्रपंक्तिमा रहेर लड्ने प्रतिवद्धता समेत दोहो¥याए। यो मागसँगै स्थानीय स्तरमा हरिकिशन रानाको विषयले पुनः चर्चा पाएको छ भने प्रशासनलाई चाँडो कदम चाल्न दबाब पुगेको छ।