काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच भेटवार्ता भएको छ।
राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई र शुभकामना व्यक्त गरे। भेटवार्तामा नेपाल–स्विट्जरल्यान्डबीच दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि जस्ता विषयमा विचार आदानप्रदान भएको थियो।