काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले आज नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे उक्त भेटवार्ता हुने जनाइएको छ। यस अवसरमा विभिन्न मुलुकका राजदूतहरूसँग एकैपटक संवाद गरिनेछ। यसअघि भने प्रधानमन्त्री नियुक्त भएलगत्तै राजदूतहरूसँग अलग–अलग भेट गर्ने प्रचलन थियो। आजको भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालको पनि सहभागिता रहने जानकारी दिइएको छ।