काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको शपथ लिएकी छन्। शीलतनिवासमा आयोजित शपथ समारोहमा अध्यक्ष नारायण दाहालले भण्डारीलाई शपथ दिलाएका हुन् ।
राष्ट्रियसभामा रहेका दलहरूबीच सहमतिपछि एमालेको तर्फबाट भण्डारी सहमतिमै उपाध्यक्ष चयन भएकी थिइन्। शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्यालसहित उच्चपदस्थ सहभागी थिए।