कामठाडौँ । राष्ट्रपतिको कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयता पाएका छन् । तर चैत १३ मा तेस्रो वरीयता पाएका गृहमन्त्री सुधन गुरुङ नयाँ वरीयताको पाँचौँ स्थानमा पुगेका छन् ।
उता सुरूमा चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरीयतामा आएका छन् ।चौथो वरीयतामा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई ल्याइएको छ । यसअघि उनी छैटौँ वरीयतामा थिए । यसअघि उनी छैटौँ वरीयतामा थिए । यस पटक सबैभन्दा छलाङ महिला, बालबालिका मन्त्री सीता वादीले मारेकी छन् । उनी अन्तिम अर्थात् पन्ध्रौँ वरीयताबाट आठौंमा उक्लिएकी छन् ।
तेह्रौँ वरीयतामा रहेकी कानुनमन्त्री सोविता गौतमलाई सातौँ वरीयतामा ल्याइएको छ।कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका मन्त्री सीता वादीलाई अन्तिम वरीयता मिलेको छ।
