धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शिवराज भट्ट नियुक्त भएका छन् । नवनियुक्त मन्त्री भट्टले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुख नजिर मियाँ समक्ष भट्टले शपथ लिएका हुन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा भट्टलाई आजै मन्त्री नियुक्त गरिएको थियो।
सोमबार मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको दलको बैठकले भट्टलाई मन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको हो। भट्ट बैतडी प्रदेशसभा क्षेत्र नं. (ख) बाट निर्वाचित सांसद हुन्। सुदूरपश्चिममा लामो समयदेखि यो मन्त्रालय मन्त्रीविहीन रहेको थियो।
शिवराज भट्टलाई सुदूरपश्चिमको उद्योग मन्त्रालयको जिम्मेवारी