काठमाडौँ । प्रतिनिधिसभाले सोमबार तीनवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश–२०८२’ पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए, जुन सर्वसम्मत रूपमा स्वीकृत भयो।
यसैगरी, मन्त्री गुरुङले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश–२०८२’ पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए, जसलाई सदनले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। त्यसैगरी, उनकै प्रस्तावमा ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश’ पनि प्रतिनिधिसभाबाट पारित भएको छ।