काठमाडौँ । प्रतिनिधिसभाले सोमबार नियमावली मस्यौंदा समिति गठनको प्रस्ताव अघि सारेको छ। एमाले सांसद गणेश सिंह ठगुन्नाले यस प्रस्तावको समर्थन गर्दै संसदले जनताको अपेक्षालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
ठगुन्नाले भने, “जनताको चाहना अनुसार अघि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। देशको सीमा सुरक्षा, जनजीवनका सवाल र जनताका आकांक्षालाई गहन छलफलमार्फत समाधान गर्नुपर्छ। कमीकमजोरीहरू सच्याउँदै सदनले नयाँ ढंगले अघि बढ्नुपर्छ।” सांसद ठगुन्नाले विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएको कारण जनताको हित र आकांक्षालाई प्राथमिकतामा राखेर काम गर्नु उनीहरूको जिम्मेवारी भएको पनि उल्लेख गर्नुभयो।