काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद् अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् । संघीय संसद्मा दलका नेतासमेत रहेका प्रचण्डले आइतबार झक्कुलाई राष्ट्रिय सभा दलको नेता चयन गरेको पत्र थमाएका हुन्।
यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए । तर कार्यकाल सकिएपछि उनी फागुन २१ को चुनाव लड्न गएका थिए। त्यसयता खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् । राष्ट्रिय सभामा नेकपा अहिले पनि कांग्रेसपछि दोस्रो ठूलो दलको हैसियतमा छ ।