काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिरासतबाटै आफ्ना कार्यकर्तालाई सन्देश पठाएका छन्।
प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीले कार्यकर्तालाई ५ सन्देश पठाएको पार्टीका सचिव महेश बस्नेतले जानकारी दिए ।
ओलीले आफू आफूमै भिडेर बिरोधीको मसाल बनेका एमाले पङ्क्तिलाई सन्देश दिएका हुन् ।
यस्ता छन् ५ सन्देश
१) २३/२४ गतेका घटनाको सत्यतथ्य सधैंका लागि कहाँ लुक्ला र? यो छिटै बाहिर आउँछ।
२) एमालेलाई आज मात्र प्रहार भएको हो र? विगतदेखि प्रहार हुँदै आएको छ, एमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुँदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे त्यसलाई हामीलाई च्यात्न सकेनौँ।
३) समय सधैँ एकनासको हुँदैन, हामीले हाम्रो प्रतिबद्धता, सत्यसँग नलड्नु, असत्यसँग नझुक्नु यसमा लडखडाउनु हुन्न। सधैँ झैँ संघर्षलाई जारी राख्नुपर्छ।
४) कुरा स्पष्ट छ, त्यो सबैलाई थाहा पनि छ, राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न लाग्दा ज्यान लिने समेतका षड्यन्त्र नभएका थिएनन्, अहिलेसम्म बाँचिएको छ, अहिले अस्थायी घेराबन्दीको यो चरम रूप हो।
५) कार्यकर्ता पंक्तिले यतिबेला विरोधीको मसाल बन्नुहुन्न, अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ।