काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्नो पार्टीलाई जनताले शासन सञ्चालन मात्रै होइन, सिंहदरबार परिवर्तन गर्ने जिम्मेवारी दिएको बताएका छन्।
एक कार्यक्रममा बोल्दै उनले आफूहरू परिवर्तनको प्रक्रियामा अघि बढिसकेको दाबी गरे।
“हामीलाई सिंहदरबार चलाउन होइन, बदल्न जिम्मेवारी दिइएको हो, र त्यो काम सुरु भइसकेको छ,” उनले भने।
लामिछानेले जनताको मतलाई केवल आभार व्यक्त गरेर सीमित नराख्ने उल्लेख गर्दै त्यसको प्रत्युत्तर जिम्मेवारी पूरा गरेर दिने प्रतिबद्धता जनाए। म केवल धन्यवाद मात्र दिन्नँ, यही मञ्चबाट प्रतिबद्धता व्यक्त गर्छु–जनताले दिएको मतको सम्मान हामी काम गरेर देखाउँछौँ उनले भने।