काठमाडौं। श्रम संकृती पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सात मिनेट मात्रै बोल्न दिने भनिएको विषयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशको स्वाधीनता, सम्प्रभुता तथा नेपाली जनताको पीडा, विकास र आकांक्षाका विषयमा विस्तृत रूपमा धारणा राख्न १ घण्टा ७ मिनेट लाग्ने बताए ।आजदेखि संसद् अधिवेशन सुरु हुँदैछ ।
सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेगरी संसद सचिवालयले कार्यतालिका बनाएको छ ।