काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्का पक्राउको विषयमा सुरक्षा निकायसँग लिखित जवाफ माग गरेको छ ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पक्राउको कारणसहित तीन दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।
खड्काको हकमा निजको श्रीमती विनिता थापाले चैत १७ गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
यस्तै, एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको हकमा पनि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुलगायत निकायसँग पक्राउको कारणसहितको जवाफ पेस गर्न आदेश दिइएको छ । शर्माको हकमा उनका पति चिन्तामणी शर्माले रिट दायर गरेका थिए ।