काठमाडौँ । एमालेको संसदीय दलको नेता सर्वसम्मत हुन सकिरहेको छैन् । आकाङ्क्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता चुनावबाट छान्ने भएको छ । बुधवार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेको हो ।
एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । आजै सांसदहरूबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।