काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेलाई आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर अध्यक्ष साहले आज बिहान भेट गरेका हुन्।
भेटमा शाहले देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने लामिछानेलाई आग्रह गरेका थिए । लामिछानेले रास्वपा र सरकार मधेशको भावनालाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको बताएका थिए ।
रास्वपा नेतृत्वको सरकार बनेपछि सभापति लामिछानेले मधेश केन्द्रित दलका नेतासँगहरू छलफल गरिरहेका छन् । यस अघि लामिछानेको राष्ट्रियसभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता भएको थियो ।