काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकतामै बल रहेको भन्दै सबै नेता र कार्यकर्तालाई पुनः एकजुट हुन आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रकाशित सन्देशमा उनले भने, अहिलेको चुनौतीपूर्ण अवस्थामा पनि कांग्रेस भत्किनु हुँदैन। देशका हरेक संकटमा पार्टी एकजुट रही इतिहासमा महत्वपूर्ण परिवर्तनको नेतृत्व गरिसकेको उनको भनाइ छ। पौडेलले थपे, म केवल पार्टीको महामन्त्री नभई एक इमान्दार कार्यकर्ता भएर भन्छु– हामी सबै एकजुट होऔं। कांग्रेसका सबै नेता र कार्यकर्तामा शक्ति छ, र यसै बलबाट हामी फेरि उज्यालो भविष्य निर्माण गर्न सक्षम हुनेछौँ।