काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी सुचनाअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आगामी २०८२ साल चैत १९ गते बिहीबारका लागि अधिवेशन आह्वान गरिएको हो।
उक्त अधिवेशन दिउँसो २ बजे संघीय संसद् भवन, नयाँ बानेश्वर (सिंहदरबार) मा बस्ने गरी तय गरिएको छ। मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो जानकारी दिइएको हो।
