काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारको यो दोस्रो बैठक हो।
आज सोमबार (१६ चैत) बसेको यस बैठकमा सरकारका आगामी योजना, प्रशासनिक नियुक्ति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ।
यसअघि गत शुक्रबार बालेन शाहको नेतृत्वमा रास्वपाको एकल सरकार गठन भएको थियो भने सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो। पहिलो बैठकले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रमका विषयमा प्रारम्भिक छलफल गरेको थियो।
आजको बैठकले सरकारको कार्यसम्पादनलाई गति दिन केही महत्त्वपूर्ण प्रशासनिक निर्णयहरू गर्न सक्ने अपेक्षा गरिएको छ।