काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सोमबार पनि आन्दोलन जारी रह्यो। माइतीघरमा जम्मा भएका एमालेका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै अध्यक्ष ओलीको रिहाइको माग गरेका छन्।
आन्दोलनमा सहभागी नेता कर्ण थापाले ओली र पार्टीप्रति प्रतिसोधको आधारमा कदम चालिएको आरोप लगाउँदै सरकारले जनताबाट प्राप्त मतको दुरुपयोग गरेको बताएका छन्। उनले भने, हाम्रा नेता वा पार्टीलाई प्रतिसोधका लागि सधैँ दबाउन खोजिएको छ। सरकारले विधिको शासन र सुशासनको कुरा गर्दा जनताको समर्थन पायो, तर त्यसपछि जे गरेपनि हुन्छ भन्ने सोच देखियो। कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्री र नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङमाथि पनि सरकारी संरचना ध्वस्त पार्ने र जनता उक्साउने कार्यमा संलग्न भएको भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग उठाएका छन्।