काठमाडौँ । काँग्रेसका पूर्व सभापती शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक चैत १७ गते मंगलबार धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बोलाएका हुन् ।यस्तै, कार्यबाहक सभापति खड्काले जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् ।
खड्काले गत पुसमा विशेष महाधिवेशनको पक्षमा नआएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै यही चैत १९ गतेका लागि जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् ।