काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो ।
प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएकाे आरोप लागेका थियो ।