काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । उनको रिट दर्ताको प्रक्रियामा रहेको छ ।
लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए । ओली रिहाइको माग गर्दै पनि बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता भइसकेको छ ।