काठमाडौं । नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुन: द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताएका छन् ।
भदौ २३ र २४ को घटनामा संलग्न जो सुकै भएपनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसको धारणा छ ।

