काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रेको छ । एमालेका कार्यकर्ताहरूकाठमाडौँको चावहित क्षेत्रमा सडक प्रदर्शनमा उत्रेका हुन् ।
कार्यकताहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।