काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना भएको बताएका छन् ।सामाजिक सञ्जाल मार्फत उनले वर्तमान राजनीतिक घटनाक्रमलाई “प्रतिशोधको राजनीति” को संज्ञा दिँदै त्यसविरुद्ध आन्दोलन थाल्ने बताएका हुन् ।
बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बताएका हसन् ।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लागेको लेखेका छन्। प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बन्न आग्रह गरेका छन् ।