काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको मुख्य दोषी देखिएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ परेका हुन्।
शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो ।