काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ’गनेस’ ले शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन् ।
मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला लगायत , उच्चपदस्थ कर्मचारी तथा विभागीय प्रमुखहरूले उनलाई भव्य स्वागत गरेका थिए।
पदभार ग्रहण लगत्तै मन्त्री पौडेलले मन्त्रालयको वर्तमान अवस्था, सञ्चालित आयोजना र भावी योजनाका बारेमा प्रारम्भिक जानकारी लिएका थिए ।
पदभार ग्रहणपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरेका हुन । उनले मन्त्रालयको कामकारबाहीलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन आवश्यक निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव निरौलाले मन्त्री पौडेललाई मन्त्रालयको संक्षिप्त कार्यविवरण र हाल भइरहेका मुख्य चुनौतीहरूका बारेमा जानकारी गराएका थिए ।