काठमाडौँ। नवनियुक्त मन्त्रिपरिषद्को पहिलो बैठक आज बस्न लागेको छ। बैठक केहीबेरमै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु हुने तयारी गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। शपथ ग्रहण सम्पन्न गरेपछि मन्त्रीहरू आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्दै बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुगेका छन्। बैठकमा सरकारको प्राथमिकता, कार्ययोजना तथा मन्त्रालयगत जिम्मेवारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।