काठमाडौैँ। स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता ले आफ्नो पदभार सम्हालेकी छन्। शुक्रबार शपथ ग्रहणपछि मन्त्रालय पुगेर उनले औपचारिक रूपमा पदबहाली गरेकी हुन्।मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी मेहताले स्वास्थ्य क्षेत्र सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्राथमिकता रहेको बताइएको छ। नयाँ जिम्मेवारीसँगै उनले मन्त्रालयको कामलाई तीव्रता दिने तयारी थालेकी छन्।