काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित प्रधानमन्त्री बालेन शाह तथा मन्त्रीपरिषद्का सदस्यहरूलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन्।
प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका शाह र नयाँ मन्त्रीहरूलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै सभापति थापाले मुलुकको विकास र सुशासनमा कांग्रेसको भूमिका स्पष्ट पारेका हुन्।
शुभकामना सन्देशमा थापाले लेखेका छन्, “देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवद्र्धनका लागि सरकारले चाल्ने हरेक सकारात्मक कदमहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहनेछ।“