काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
विदेशमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेका हुन्। उनले लेखेका छन्, बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। देउवाले प्रधानमन्त्रीसँगै नवगठित मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई दिँदै सफलताको कामना गरेका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा हाल हङकङमा रहेको बताइएको छ।