काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् बालेन्द्रलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन्।
‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।