काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत बालेनलाई शुभकामना दिँदै लेखेका छन्, नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।
मोदीले बालेनको नियुक्ति नेपाली जनताले उनीमाथि राखेको विश्वासको प्रतिबिम्ब भएको बताए। उनले सन्देशमा भनेका छन्, “हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु। साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्यलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्ने अपेक्षा व्यक्त गरिएको छ। सन्देशमा नेपाल–भारत सम्बन्धलाई दुवै देशका जनताको हितमा थप सुदृढ बनाउने प्रतिबद्धता पनि जनाइएको छ।