काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिँदै नयाँपन र युवा नेतृत्व स्वागतयोग्य भएको बताएका छन्। उनले नयाँ मन्त्रीमण्डलको जिम्मेवारी प्रमाणित गर्ने पालो अब मन्त्रीहरूको काँधमा रहेको पनि औंल्याए।
बस्नेतले अवसरसँगै चुनौती पनि रहेको भन्दै अनुभवको कमीलाई सिकाइ र परिपक्क निर्णयबाट पूर्ति गर्दै हरेक कदम सोचविचार गरेर अगाडि बढ्न सुझाव दिएका छन्। उनले भने, “अबसरसँगै चुनौतीहरू पनि गम्भीर छन्। अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै हरेक कदम समालेर अघि बढ्नुहोला। स्थिरता, विकास र समृद्धिको एजेन्डा पूरा गर्न सरकारले परिणाम देखाउनु जरूरी छ। उनले सत्ता अवसर नभई जिम्मेवारी भएको भावनाले अघि बढ्नुपर्नेमा जोड दिँदै थपे, “जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै अगाडि बढ्नुहोस्। अनुभव र ऊर्जा मिलाएर सबै पक्षसँग सहकार्य गरे मात्र जनताको भरोसा अझ बलियो हुन्छ। बस्नेतले सकरात्मक निर्णय र पहलका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।