काठमाडौँ। नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङ ले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन्। सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका लागि पुगेका नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त पदबारे पार्टीभित्र हालसम्म कुनै औपचारिक छलफल नभएको जानकारी दिए।
उनले अग्रज नेतृत्व शोकमा रहेका कारण यस विषयमा छलफल अघि नबढेको बताए। अहिलेसम्म हाम्रो अग्रज अभिभावक शोकमै हुनुहुन्थ्यो, त्यसैले पार्टीभित्र यस विषयमा छलफल भएको छैन, उनले भने, बाहिर र सामाजिक सञ्जालमा उठिरहेका कुरा शुभेच्छाका रूपमा लिएको छु र त्यसप्रति सम्मान व्यक्त गर्छु। नेम्वाङले पार्टीले जिम्मेवारी दिए आफू पछि नहट्ने स्पष्ट पारे। “पार्टीले अगाडि बढ भन्छ भने म पछि हट्दिनँ, उनले भने।