काठमाडौँ । नेकपा एमालेका सांसदहरू प्रतिनिधि सभामा शपथ लिनेबित्तिकै केन्द्रीय मुख्यालय च्यासल बोलाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिका विषयमा सांसदहरूलाई निर्देशन दिने कार्यक्रम तय गरिएको प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए।ओली पिताको निधनपछि पहिलोपटक पार्टी कार्यालय च्यासल आउँदैछन्।