काठमाडौं । भदौ २३ र २४ को हिंसात्मक घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ । सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक नगर्दै बाहिर आएको हो ।
यसैबिच प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।
यस्तो छ कार्की आयाेगकाे प्रतिवेदन