काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सफलतापूर्वक सम्पन्न भएको अवसरमा आज बुधबार विशेष जलपान समारोहको आयोजना गरेको छ। कान्तिपथस्थित आयोगको प्राङ्गणमा आयोजित उक्त समारोहमा मुलुकका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति भए ।
जलपान समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लगायतको उपस्थित भएका थिए ।
गत वर्ष ९२०८२० भदौमा भएको राजनीतिक परिवर्तन र ’जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको थियो। निर्वाचन आयोगले हालै मात्र आफ्नो अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिसकेको छ र नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण भोलि चैत १२ गतेका लागि तय गरिएको छ।