काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनले भने, “भदौमा रोपाईँलगायत काम हुने भएकाले हामीले महाधिवेशनको समयतालिका संशोधन गरेका हौं ।”
वडा अधिवेशन भदौ २, गाउँ र नगर अधिवेशन ७ गते, प्रदेश क्षेत्रीय अधिवेशन १७ गते, क्षेत्रीय अधिवेशन २४ गते गर्ने भएको बैठकले निर्णय गरेको उनले जानकारी दिए । जिल्ला अधिवेशन असोज २ र ३ र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने उनले बताए ।