काठमाडौँ । कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने दाबी गरेका छन्। उनले पार्टीको राजनीतिक अभियानलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमतलाई सम्मान गर्नुपर्ने धारणा राखे। उनका अनुसार जनताले दिएको म्यानडेटलाई आधार मानेर सडकबाटै सशक्त रूपमा सरकार सञ्चालन गर्ने तयारी गरिएको छ।
घिसिङले पार्टी गठनको छोटो समयमै निर्वाचनमा सहभागी हुनुपरेको उल्लेख गर्दै बीचमा अर्को दलसँग सहकार्य गर्दा केही अन्योलता देखिए पनि देशभर उम्मेदवारी दिन सफल भएको बताए। उनले चुनावमा पराजित भए पनि आफ्नो पार्टीले जनमत जितेको दाबी गरे। र्यक्रममा उनले सातै प्रदेशमा भेला सम्पन्न गरेपछि संगठन विस्तारलाई तीव्रता दिँदै जिल्ला, पालिका र वडा तहसम्म पार्टी संरचना विस्तार गरिने जानकारी पनि दिए।