काठमाडौँ। संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त जितको लागि बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा सफलताका लागि बधाई दिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत चैत १० गते गरिएको टेलिफोन सम्पर्कको जानकारी साझा गरेको छ।