काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिएकै दिन प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्। बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार वर्तमान प्रधानमन्त्रीले छाडेर निजी निवासमा फर्किने प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।