काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारमा राजीनामा नदिएको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आफूले विधान अनुसार नै उपसभापतिलाई राजीनामा बुझाएको बताएका हुन् ।
थापाले भने, ‘मेरो राजीनामाको टीकाटिप्पणीबारे केही भन्नु छैन। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापतिसमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । निर्वाचन लगत्तै राजीनामा दिन चाहन्थे। तर केही प्राविधिक कुराले रोक्यो।’
उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको बताए । उनले आफूहरूले विशेष महाधिवेशन गरेर कुनै कमजोरी नगरेको जिकिर गरे । यस्तै उनले रास्वपालाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन्।