काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी रूपान्तरणका लागि सुझाव माग गरेका छन्। भट्टराईले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
सामाजिक सञ्जालमार्फत आम नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग अपिल जारी गर्दै उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको बताएका छन्। यसको वस्तुनिष्ठ समीक्षा अनिवार्य भएको उनको तर्क छ। भट्टराईले सुझाव इमेल र व्हाट्सएपमार्फत पठाउन सबैमा अनुरोध गरेका छन्।