काठमाडौँ । नयाँ जनादेशपछि बन्न लागेको सरकारलाई नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १० सुझाव दिएका छन् । तराई क्षेत्रमा गर्नुपर्ने कामलाई लक्षित गरेर उनले यस्तो सुझाव दिएका हुन् । नयाँ सरकार र संसद्ले दीर्घकालमा तराइलाई मरुभूमि हुनबाट जोगाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
१. हिन्दकुश हिमालय हिमश्रृखलाहरुमा हिउं भएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
२. हिमालयहरुमा हिउं भएन भने र हिम नदीहरुको संरक्षण गरिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
३. पहाडमा बर्षा भएन भने र हरियाली भएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
४. चुरेमा जंगल भएन भने, चुरेमा धेरै मात्रामा भूस्खलन भयो भने, चुरेमा घना बस्ती बस्यो भने, चुरेमा कंक्रिट र प्लास्टिकको प्रयोग हुने काम धेरै भयो भने र चुरेको संरक्षण भएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
५. भावरमा घना बस्ती बस्यो भने, भावरमा पानीको मुहानहरु सुख्यो भने, भावरमा कंक्रिट र प्लास्टिकको कामहरु धेरै मात्रामा भयो भने र भावरमा पानीको रिचार्ज गर्ने माटोको पोखरीहरु निर्माण नगर्ने हो भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
६. तरांईमा डिप बोरिंगहरुको धेरै मात्रामा प्रयोग गरियो भने, तरांईमा जंगलको बिनाश भयो भने, तरांईमा बृक्षारोपण गरेर हरियाली भएन भने, तरांईमा पानीको रिचार्ज गर्ने पोखरीहरु निर्माण गरिएन भने र तरांईमा जथाभावी धेरै मात्रामा प्लास्टिकको प्रयोग गरियो भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
७. तरांईको नदी, खोला। नहरहरु, सीमसार क्षेत्रहरु, पोखरीहरु, कुंवा, ईनार र पानीको मुहानहरु लगायतका पानीको स्रोतहरुको संरक्षण र संबद्धन गरिएन भने र साथसाथै नदी र खोलाहरुको दुबै तर्फ बलियो र फराकिलो तटबन्ध गरिएन भने र बाढी नियन्त्रण गरिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
८. नदी र खोलाहरुको जथाभावी अनियन्त्रित र अवैधानिक उत्खनन गरियो भने, नदी र खोलाबाट अनियन्त्रितरुपमा ढुंगा, गिट्टी र बालुवा निकालियो भने, नदी र खोलाहरुमा प्लास्टिक, केमिकल पदार्थ लगायतका फोहोरहरु जथाभावी फालियो भने तथा नदी र खोलाहरुको किनारामा अनियन्त्रितरुपमा बस्तिहरु बस्न र भवनहरु निर्माण हुन थाल्यो भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
९. तरांईमा सतही सिंचाई र खानेपानीका आयोजनाहरु संचालन गर्न बजेट विनियोजन गरि काम शुरु गर्नु पर्छ । तरांईमा सतही सिंचाई र खानेपानीका आयोजनाहरु तत्काल संचालन गरिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
१०. उद्योगहरुबाट निस्कने धुंवाहरुलाई कम गर्ने प्रविधिहरुको प्रयोग अनिवार्य गरिएन भने, उद्योगका केमिकल पदार्थहरु नदी र खोलामा बगाउनलाई अनिवार्यरुपमा रोकिएन भने र उद्योगका फोहोरहरुलाई नदी र खोलामा बगाउन तत्काल अनिवार्यरुपमा रोकिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।