काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन्।
प्रतिनिधि सभाको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि उनी थप उपचारका साथै पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन्।
हङकङमा निर्धारित कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।