काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । अहिले दिउँसोबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।
सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् । बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शमाले दुई प्रस्ताव पेस गरेका हुन् ।
