काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । अहिले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ ।
तर उक्त बैठमा भने गगन थापा अनुपस्थित रहेका छन् । सभापतीबाट राजीनामा दिएपछि थापा आजको बैठमा अनुपस्थित भएका हुन् । सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ ।
थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा आजको बैठकमा छलफल गरिने जनाइएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने बताएका छन् ।