काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेको चुनावमा घण्टी चिह्नमा भोट हाल्ने नेता–कार्यकर्तालाई कारबाही गरिने जनाएको छ । बिहीबार पेरिसडाँडामा बसेको जनवर्गाीय संगठनको बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका त्यस्ता सदस्यलाई खोजीखोजी कारबाही गरिने बताएका हुन् ।
प्रचण्डले भने, ‘कोकोले भोट हालेन ? केन्द्रीय सदस्यमध्ये प्रदेश सदस्य, तपाईंहरूको जनवर्गीय संगठनको केन्द्रीय नेताहरू को कुन क्षेत्रमा गएनन् रु कसले भोट हालेनन्, कसले घण्टीमा भोट हाले रु त्यो रिपोर्ट दिनैपर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन ।’
केन्द्रीय सदस्यबाट कारबाहीबाट थालिने उनले बताए । नेकपाको ५० प्रतिशत भोट घण्टीमा गयो भन्ने रिपोर्ट प्राप्त भएको उनले सुनाए । घण्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न हो । नेकपाको चुनाव चिह्न पाँचकुने तारा हो ।
‘हामीले भनेका छौँ,कसले भोट हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो,” उनले भने, “नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो ।’