काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै दिएको मन्तव्यको प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लामिछानेको प्रशंसा गरेका हुन् ।
लामिछानेको अभिव्यक्तिले ‘फलेको हाँगो निहुरिन्छ’ भन्ने लोकोक्ति राम्रोसँग झल्किएको उनको टिप्पणी छ।
भट्टराईले लेखेका छन्, ‘हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ । यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन् । पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ । त्यो कायम रहोस् ।’
